नवलपुरमा ३ सय ६६ जनामा डेंगु सङ्क्रमण
नवलपुर | साउन ५, २०८०
नवलपुर: नवलपुरमा डेंगुको सङ्क्रमण उच्च जोखिममा रहेको पाइएको छ । पछिल्लो तथ्याङ्कअनुसार ११ महिनामा ३६६ जनामा सङ्क्रमण पुष्टि भएसँगै जोखिम बढेको जनाएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा आगामी दुई महिना थप सङ्क्रमण बढ्ने प्रक्षेपण गरेको छ । डेंगुको जोखिमपूर्ण जिल्लाहरूमध्ये गण्डकी प्रदेशको नवलपुर पनि एक हो । यहाँ अहिले नै डेंगु सङ्क्रमण बढिसकेको नभए पनि जोखिम भने बढ्दो छ । भर्खरै मनसुन सक्रिय भएकाले लामखुट्टेको सङ्ख्या वृद्धि हुने समय बल्ल सुरु भएको मध्य विन्दु जिल्ला अस्पताल नवलपुरका मेडिकल सुपरिटेन्डेन्ट डा। जितेन्द्र कँडेलले बताउनुभयो ।
डा कँडेलले भन्नुभयो, ‘‘निरन्तरको वर्षा र पानीले सङ्क्रमण बढ्ने जोखिम छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज ए जिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ ।’’ जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख डा। केशवप्रसाद चापागाईँका अनुसार नवलपुरमा सबैभन्दा बढी असोज र कात्तिक महिनामा डेंगुका बिरामी देखिएका छन् ।
आर्थिक वर्ष २०७९/०८० को वैशाखदेखि फागुनमा एक सय ५६ जना महिला र २ सय १० पुरुष गरी ३ सय ६६ जनामा डेंगु सङ्क्रमण देखिएको थियो । जसमध्ये असोजमा एक सय ५ जना र कात्तिकमा एक सय ११ जना रहेका कार्यालय प्रमुख डा। चापागाईँले जानकारी दिनुभयो । गत आवमा नवलपुरमा डेंगुबाट १ जनाको मृत्यु भएको छ भने एक जना अहिले अस्पतालमा उपचाररत छन् ।
मेसु डा। कँडेलका अनुसार बर्खा लागेकाले देशभर डेंगुको सङ्क्रमण बल्ल सुरु भएकाले सतर्क हुन जरुरी छ । ‘मनसुन सकिने बेलासम्म सङ्क्रमण बढ्दै जान्छ, डा। कँडेलले भन्नुभयो, यो समयमा लामखुट्टेको लार्भा नियन्त्रण गर्न नसक्ने हो भने नियन्त्रण गर्न नसक्ने गरी यसले महामारीको रूप लिन सक्छ, त्यसैले आम नागरिक आफै सतर्क भएर सरसफाइमा ध्यान दिन जरुरी छ ।’
डेंगुको जोखिम कम गर्नका लागि प्रयास गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । कार्यालयका प्रमुख डा कँडेलले भन्नुभयो, ‘जनचेतना जगाउने, लामखुट्टेका वासस्थान खोजेर नष्ट गर्ने काम भइरहेको छ, स्थिति थप भयावह बन्दै गएमा स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर औषधि छर्किने काम गर्छौ ।’
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

